चीन आक्रमणको अन्तिम तयारीमा रहेकाे ताइवानी विदेशमन्त्रीकाे दाबी

ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन् ।

उनले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको बताए ।

उनले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको बताए ।

गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ। चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरेको छ ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार सोमबार साँझ ५ बजेको आसपास ३९ लडाकु विमान तथा १३ युद्धपोत ताइवानी सामुद्रिक क्षेत्रमा आइपुगेका थिए ।

यसका साथै हिजै चिनियाँ सैनिकका २१ जेट सीमा रेखा मिचेर ताइवानी जल क्षेत्रमा प्रवेश गरेका छन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन ताइवानविरुद्ध क्रुद्ध बनेको छ ।

चीनले यसअघि पनि आवश्यक परे ताइवानमाथि बल प्रयोग गरेर चीनमा मिलाउन सक्ने बताएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्