इँटा बोकेको ट्रक त्रिशूली खस्याे

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

इँटाको टुक्रा देखिएको तर नम्बर खुल्न नसकेको उनले जानकारी दिए ।

के कति क्षति भयो विवरण आउन बाँकी रहेको र घटना स्थलमा टोली गइसकेको उनले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img