काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी घुससहित पक्राउ

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले काठमाडौं महानगरपालिका–६ महाँकाल चौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयको कार्यकक्षबाटै खुलाललाई पक्राउ गरिएको जानकारी दिए ।

अख्तियारका अनुसार खुलालले खानेपानी धारा जडानका लागि घुस माग गरेको भन्ने सूचना एवम् उजुरी सेवाग्राहीले दिएका थिए ।

सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img