११औं महाधिवेशनमा जुट्यो यायाेक्खा

किरात राई समुदायकाे साझा एवम् स्वतन्त्र संस्था किरात राई यायोक्खा ११औं महाधिवेशनमा जुटेको छ ।

महाधिवेशनको उद्घाटन १ नं प्रदेशको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख अतिथ्यतामा असाेज ८ गते काठमाडौंको राष्ट्रिय सभागृह र अरु दुई दिन कृषि बिकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा बन्दसत्र हुने यायोक्खा महाधिवेशन आयोजक समिति संयोजक दिवस राईले बताए ।

महाधिवेशन सफल पार्न महासचिव जनक राईको संयोजकत्वमा प्रतिनिधि पर्यवेक्षक, प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईको संयोजकत्वमा प्रचार प्रसार, कोषाध्यक्ष देवान राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन लगायत १३ वटा उपसमिति गठन गरेर यायोक्खा महाधिवेशनमा जुटेको केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

आयोजक समितिले गोलो, नारा सार्वजनिक गर्दै गत साउन ४ गते काठमाडौं कोटेश्वरस्थित सुम्निमा हलमा पत्रकार सम्मेलनको अयोजना गरी महाधिवेशनबारे जानकारी दिएकाे थियाे ।

महाधिवेशनको लागि पर्चा, पम्प्लेट र निमन्त्रणा कार्ड जिल्ला, जिल्ला पठाएर प्रचार भइरहेको महासचिव जनक राईले बताए ।

यसै क्रममा मोरङ जिल्ला समितिले बुधबार सचिव अर्जुन जम्नेली राई, निवर्तमान अध्यक्ष नाराहाङ राई लगायतको उपस्थितिमा पथरी लगायतको स्थानमा पम्प्लेट टाँस्ने कार्यक्रम गरिएको जिल्ला अध्यक्ष केदार राईले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img