वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ ।
गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गते देखि पूर्ण रूपमा खुलेको हो ।
सडक खण्डका सयौँ ठाउँमा आएको पहिरो र सडक कटान गरेपछि २१ दिन सम्म आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो ।
केही खण्डमा गत असोज २७ गते यता गाडी चले पनि कालिकोटको पिली देखि जुम्ला सम्मको सडक भने खुल्न सकेको थिएन ।
उक्त सडक खण्डमा सबै भन्दा धेरै पहिरो झरेको थियो भने तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रा समेत बन्द भएको थियो ।
डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकै साथ गरेपछि २१ दिनको राती पूर्ण रूपमा सडक खुलाउन आफूहरू सफल भएको छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र प्रहरी, सेनाको सहयोगले सडक सुचारु गराउन सफल भएको बताए । गाेरखापत्र अनलाइन