प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुलाई ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्न निर्देशन

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारले निर्वाचनको अवधिमा भएका खर्चको विवरण पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य र समानुपातिकको बन्द सूचीमा नाम भएका उम्मेदवारहरूले निर्वाचन प्रयोजनमा भएको खर्चको विवरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र पेस गरेका उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम [सामाजिक सञ्जाल समेत], कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

यसै गरी उम्मेदवारले बैङ्क खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेस गर्न निर्देशन दिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्