जनजाति महिला महासंघकाे महाधिवेशन सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाएकी छन् ।

आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् ।

महाधिवेशनमार्फत १ अध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।

त्यसैगरी, अनसन्धन तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् । महाधिवेशनले एक कोषाध्यक्षसमेत निर्वाचित गर्नेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img