‘चमारे बुद्धि’ भनेर होच्याएर बाेल्ने छुट कसैलाई छैनः गायक शिव परियार

गायक तथा संगीतकार शिव परियारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा दलित समुदायलाई होच्याउने गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनले ‘चमारे बुद्धि’ भनेर होच्याउने मनस्थितिको वाक्य बोल्न सकैलाई छुट नभएको प्रष्ट पारेका छन् ।

मेयर साम्पाङले दुई दिनअघि फेसबुकमा लेखेका थिए, ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि !’

उनले कसलाई यस्तो शब्द प्रयोग गरी प्रतिक्रिया जनाउन खोजेका हुन् भन्ने थाहा छैन ।

तर छिनछिनमा स्टाटस लेखिरहने उनले दलित समुदायलाई होच्याउने खालको परम्परागत व्यवहार देखाएपछि दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् ।

गायक परियारले आज फेसबुकबाट भनेका छन्, ‘बाहुन, क्षेत्री, दमाई, कामी, राई, लिम्बू, गुरुङ, मगर, जोगी, सन्यासी भनेर कुनै पनि जातको नाम लिन पाइन्छ । तर चमारे बुद्धि, कामीको जस्तो अनुहारजस्ता होच्याउने मनस्थितिका वाक्य बोल्न कसैलाई छुट छैन ।’

उनले सामाजिक सञ्जालमा मनपरि बोल्ने र बाहुल्यताको आडमा त्यसलाई सदर गर्ने गतल संस्कार बन्द गर्नुपर्ने बताएका छन् ।

मेयर साम्पाङका प्रखर समर्थकहरुले साम्पाङको बचाउ गर्न खोजेकाले गायक परियारले बाहुल्यताको आडमा त्यस्ता कुरालाई सदर गर्ने गलत संस्कार भनेको अनुमान गर्न सकिन्छ ।

मेयर साम्पाङलाई आफ्नाे अभिव्यक्ति सच्याउन राष्ट्रिय दलित आयोगले समेत आग्रह गरेको छ ।

तर उनले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img