चीनमा २०० गाडी आपसमा ठोक्किए, एककाे मृत्यु

चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएकाे एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ ।

एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।

चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img