उपराष्ट्रपति नन्दबहादुर पुनले भेटे माओवादी नेता वर्षमान पुनलाई

ललितपुर । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले भेटेका छन् ।

बुधबार उपराष्ट्रपति पुनले उपमहासचिव पुनलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । हाल उनको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अस्पतालमै पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img