आदिवासीहरुको धार्मिक सांस्कृतिक संरचनाहरु भत्काइएकोमा आपत्ति

कावासोती । कावासोती नगरपालिका–३ स्थित आदिवासी जनजाति महासंघ नवलपुरकाे निर्माणाधीन संग्रहालयलगायत बौद्ध गुम्बा, विहार र भुजेल समाज सेवा समितिको कम्पाउण्डभित्रका संरचनाहरु भत्काइएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार महासंघका अध्यक्ष राम तामाङले प्रेस विज्ञप्ति जारी गरी सरकारी तहबाट आदिवासी जनजाति संग्रहालय लगायतका संरचना भत्काइएको भन्दै सो कार्य तत्काल नरोके सबै जातीय संगठन मिलेर संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा नमूना सदरमुकाम निर्माण गर्ने नाममा विगतमा भएकाे सहमतिविपरीत आदिवासी जनजातिहरुका धार्मिक तथा सांस्कृतिक धरोहरहरु भत्काउने काम गरिएको उल्लेख छ ।

‘नमूना सदरमुकाम घोषणा गर्नु अघिदेखि नै स्थानीय आदिवासी जनजाति समुदायले सामाजिक रुपमा संरक्षण, सम्बद्र्धन र भोग गर्दै आइरहेको सांस्कृतिक तथा सामाजिक धरोहरहरु (गुम्बा, मन्दिर/थानहरु, गुठी, आदिवासी जनजाति संग्रहालय निर्माणस्थल, चिहान, चरनक्षेत्र) लगायत क्षेत्र हटाउने, निर्माण कार्य रोक्ने, बनिसकेका संरचनाहरु भत्काउनेजस्ता निन्दनीय कार्य नरोकिए नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, महासंघमा आबद्ध १० वटा जातीय घटक संस्थाहरु र भ्रातृसंगठनहरु मिलेर नवलपुरको प्रहरी र प्रशासनको ज्यादती विरुद्ध एकसाथ चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नमुना सदरमुकाम शिलान्यास गर्नुपूर्व आदिवासी जनजाति समुदायले संरक्षण, सम्बद्र्धन र भोग गर्दै आइरहेको गुम्बा, थान, गुठी, संग्रहालय, चिहान चरणको स्वामित्व सम्बन्धित समुदायकै रहने र बनिसकेका संरचनाहरु भत्काउन नपाउने भन्दै २०७५ सालमै स्थानीय प्रशासन र नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको र तत्कालीन जनप्रतिनिधिहरुसहितको बैठकले त्यसमा सहमति गरेको उल्लेख छ ।

विज्ञप्तिः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्