स्वास्थ्य बिमामार्फत सबै जनताको निशुल्क उपचार गरिनेछः स्वास्थ्यमन्त्री गिरी

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमामार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् ।

शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताए ।

बिमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए ।

बिमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफुले सम्बन्धित निकायसँग छलफल गरिसकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाइ छ ।

गरिब जनताले स्वास्थ्य बिमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भए पनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ ।

रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे ।

मन्त्री गिरीले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्