खेल हेर्न हेलिकोप्टर चार्टर गर्ने र उनीहरुलाई पिट्ने छ जनै युवा पक्राउ

प्रभु एयरकाे सबै हेलिकाेप्टर उडानमा राेक

स्याङ्जा । स्याङ्जाको वालिङ खैलमैदानमा खेल चलिरहेकै बेला खेल हेर्न सोही मैदानमा हेलिकोप्टर अवतरण गराएपछि झडप हुँदा क्याप्टेन रनेश डङ्गोलमाथि कुटपिट गर्नेहरु र हेलिकोप्टर चार्टर गरी खेल हेर्न जानेहरु सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा र उज्वल थापाले प्रभु एयरको हेलिकोप्टर चार्टर गरी खेल हेर्न वालिङ खेलमैदान पुगेका थिए ।

क्यामरुन र वालिङ रातोबिच खेल भइरहेको बेला ४०औं मिनेटमा एक्कासी प्रभु एयरको हेलिकोप्टर मैदानमै अवतरण गरिएको थियो ।

सोपछि विवाद र झडप हुँदा विष्णु गुरुङ र सुरेश श्रेष्ठले क्याप्टेन डङ्गोलसहित हेलिकाेप्टरमा रहेकाहरुलाई कुटपिट गरेका थिए ।

क्याप्टेन डङ्गोलले भने आफूलाई कुटपिट गर्नेहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले हेलिकोप्टर चार्टर गर्ने र पाइलटलाई कुटपिट गर्ने सबैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हाे ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त घटनापछि प्रभु एयरको सबै हेलिकोप्टर उडानमा रोक लगाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार के कसरी उक्त घटना भएको हो र कसको गल्ती हो भन्ने विषयमा लिखित स्पष्टीकरण माग गरिएको छ ।

उक्त घटनाको सत्यतथ्य नआउँदासम्मका लागि प्रभु एयरको हेलिकोप्टर उडानमा रोक लगाइएको हो ।

प्रभु एयरले एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्रै उडान तथा अवतरण गर्नुपर्नेमा त्यसो नगरिएको पाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्