बाजुरा । बाजुरा केन्द्रविन्दु भएर मंगलबार गएकाे ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्पले एकजनाकाे मृत्यु भएकाे छ ।
गौमुल गाउँपालिका– २ की अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको भूकम्पबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिन थर्किएपछि माथिबाट ढुङ्गा खसेर लाग्दा उनकाे मृत्यु भएकाे हाे ।
भूकम्पका कारण बाजुराका विभिन्न ठाउँमा गरी कम्तिमा पनि २५ घर भत्किएका छन् ।
भूकम्पबाट जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।