Sunday, April 2, 2023

विवाह गर्दै निहारिका र शिवराज

काठमाडाैं । आफूलाई ‘कुमारी आमा’का रुपमा चिनाउँदै आएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

गत आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएकी थिइन् ।

सोमबार दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको हो ।

निहारिकाले मिलापत्रमा भनेकी छन्, ‘म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर शिवराजले स्वीकार गरेपछि म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेर मिलापत्र गरेकी हुँ ।’

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्