टर्की र सिरिया सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडका भूकम्प, १३ सय बढीकाे मृत्यु

काठमाडाैं । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।

अहिलेसम्म सो क्षेत्रमा निरन्तर गइरहेको भूकम्पका कारण मृत्यु हुनेकाे १३ सयभन्दा बढी पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।

भूकम्पविद्का अनुसार सो क्षेत्रमा केही दिनसम्म पराकम्पन व नयाँ भूकम्पहरू जाने सम्भावना रहेको छ ।

अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समय सोमबार बिहान ४ : १७ बजे टर्की अधीनस्थ दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर सुरु भएको भूकम्पको ७.८ म्याग्निच्युडको रहेको थियो ।

३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यो  विश्वको सबैभन्दा ठूलाे शरणार्थी शिविर हो । भूकम्पमा परी १७ सय भवनहरू भत्किएका छन् ।

युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म दर्जनौँ भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको थियो । बीबीसी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्