अन्ततः लुम्बिनीमै रामकथा वाचन गर्ने गरी चार बुँदे सहमति

लुम्बिनी । लुम्बिनीमा राम कथा वाचन कार्यक्रम राख्न खोज्दा उत्पन्न भएको धार्मिक विवाद समाधान गरिएको छ ।

मंगलबार नेपाल आदिवासी जनजाति महासंघ, लुम्बिनी विकास कोष, संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समितिलगायत संघसंस्थाका प्रतिनिधिहरुले चार बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

जसमा लुम्बिनीमा राम कथा वाचनलाई लिएर विभिन्न बौद्धमार्गीहरुले संवादका क्रममा राखेका सुझावहरुलाई मध्येनजर गर्दै आयोजकलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने,

अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरुमा लुम्बिनी विकास कोषले बुद्ध धर्म, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघसंस्था र सरोकारवालासँगकाे सहमतिमा बनाउने,

लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने उल्लेख छ ।

सहमतिपत्रमा सोमबार पर्सा चोकको झडपमा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउने, उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र विश्व शान्ति क्षेत्र लुम्बिनीका विषयलाई लिएर कुनै पक्षले विरोध नगर्ने उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्