धरानमा सुरुभाे प्रदेश १ स्तरीय पाँचाैं पुष्प प्रदर्शनी मेला

धरान । प्रदेश १ स्तरीय पाँचाैँ पुष्प प्रदर्शनी मेला-२०७९ बुधबारदेखि धरानमा सुरु भएकाे छ ।

प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटाैलाले बुधबार एक औपचारिक कार्यक्रममा पुष्प प्रदर्शनी मेलाकाे उद्घाटन गरेका हुन् ।

फ्लाेरीकल्चर एशाेसिएशन नेपाल, सुनसरी जिल्ला समितिले आयाेजना गरेकाे पुष्प प्रदर्शनी मेला आगामी माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

धरान उपमहानगरपालिका-१२ स्थित पब्लिक हाइस्कुलमा राखिएकाे पुष्प प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक हजार भन्दा बढी प्रजातिका फूलहरु छन् ।

जसमा फूलका लागि मल र बगैचासम्बन्धी उपकरणहरु समेत राखिएकाे छ भने फूल तथा विरुवाहरुबारे जानकारी तथा तालिमसमेत दिइने आयाेजकले जनाएकाे छ ।

पुष्प प्रदर्शनी मेलाकाे उद्घाटनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका मन्त्री सिटाैलाले फूलहरुकाे अवलाेकन गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ (१) र (२) बाट निर्वाचित प्रदेश सांसदहरु रमेश बस्नेत र विजय राई पनि थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्