संस्कृति, प्रकृति र आविष्कारलाई एकसाथ अघि बढाउँदैछुः साम्पाङ

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ (हर्कराज राई)ले संस्कृति, प्रकृति र आविष्कारलाई एकसाथ अघि बढाइएको बताएका छन् ।

सोमबार उदयपुरको चौदण्डीगढी–६ चाम्लिङ चोक बेल्टारमा दिवंगत समाजसेवी कृष्ण चाम्लिङ राईको सालिक अनावरण गर्दै प्रमुख साम्पाङले सो कुरा बताएका हुन् ।

उनले संस्कृतिका लागि धरान–२० चिन्डेडाँडामा सुम्निमा–पारुहाङको विश्वकै ठुलो प्रतिमा निर्माण कार्य अघि बढेको, प्रकृतिविना बाँच्न नसकिने भएकोले धरानमा लाखौं विरुवा रोप्ने काम भइरहेको र आविष्कारका लागि धरानमै आविष्कार केन्द्र स्थापना गर्न लागेको बताए ।

उनले समाजमा योगदान पुर्‍याउनेकाे मात्रै सालिक निर्माण हुने भन्दै कृष्ण चाम्लिङ राईको जस्तै सालिक बन्न लायक काम गर्न आग्रह गरे ।

उनले मुलुकका जिम्मेवार नेताहरुमा इमान्दारिता नभएर नै आज जनताले सास्ती भोग्नु परेको भन्दै सोको अन्त्य गर्न अझ पनि समय लाग्ने बताए ।

उनले धरानको प्रमुख भएपछि बढेको आफ्नाे लोकप्रियतालाई सम्मान गर्दै कार्यक्रमको प्रमुख अतिथि बोलाएकोमा आयोजक किरात राई यायाेक्खा चाैदन्डीगढी नगर समितिप्रति आभार प्रकट गरे ।

विक्रम संवत् २००२ वैशाख २४ गते खोटाङको रतन्छा गा.वि.स. वडा नं. ८ (हाल, साकेला गाउँपालिका–२ रतन्छा)मा जन्मिएका कृष्ण चाम्लिङ राई देशमा विद्यमान जातीय विभेदको अन्त्य, पहिचान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षका एक जुझारु व्यक्तित्व थिए ।

ब्रिटिश गोर्खा सैनिकको सार्जनबाट रिटायर्ड उनी पछिल्लो समय बेल्टारस्थित चाम्लिङ चोकमा बस्दै आएका थिए ।

उनको मृत्यु २०७७ माघ १४ गते भएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्