Sunday, April 2, 2023

सरकारको प्रमुख प्राथमिकतामा सुशासन हाेः प्रधानमन्त्री दाहाल

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्य तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ ।

सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको हो ।

‘सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन’, रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्