पत्रकार दीपेन्द्र विक्रम दाेङकाे निधन

काठमाडाैं । पत्रकार दीपेन्द्र विक्रम दाेङकाे ४३ वर्षकाे उमेरमा शनिबार निधन भएकाे छ ।

पछिल्लाे समय मध्यान्न दैनिककाे सम्पादक रहेका दाेङकाे मस्तिष्कघातबाट निधन भएकाे हाे । साहित्यकार समेत रहेका दाेङकाे स्थायी घर काभ्रेकाे तेमाल गाउँपालिका-४ कल्लेरी हाे ।

उनी करिब तीन दशकदेखि सञ्चारक्षेत्रमा सक्रिय थिए । नेपाल समाचारपत्र, रेडियाे सगरमाथा, रेडियाे एचबिसी, इमेज च्यानल, सिटिजन एफएम, न्युज २४, जनता टेलिजिभन लगायत सञ्चारमाध्यममा उनले काम गरेका थिए ।

उनकाे बाैद्ध परम्परा अनुसार भाेलि साेमबार काठमाडाैंकाे स्वयम्भुमा अन्त्येष्टि गरिने भएकाे छ । उनकाे श्रीमती, एक छाेरा र एक छाेरी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्