पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाउन मगर संघकाे माग

पाेखरा । नेपाल मगर संघ गण्डकी प्रदेश समितिले पृथ्वीचोकमा सहिद लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा तत्काल हटाउन माग गरेको छ ।

संघले लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा नहटाए द्वन्द्व निम्तिने जनाएकाे छ ।

नेपाल मगर संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवशेनले ६ बुँदे घोषणापत्र जारी गर्दै सालिक हटाउने माग गरेकाे हाे ।

त्यस्तै संघले गण्डकी प्रदेशको नामकरणमा पनि आपत्ति जनाएको छ ।

संघले भनेकाे छ, ‘नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिकलाई विस्थापित गर्ने षडयन्त्रका साथ राखिएको पृथ्वीनारायण शाहको सालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछाैं ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img