खोटाङमा विवाह, छेवर, पास्नी, मरोपरोमा व्हिस्की, बियर, कोक-फेन्टा प्रतिबन्ध अभियान

खोटाङ । पुँजीवादी व्यवस्था र विश्वबजारीकरणले हाम्रा रैथाने संस्कृतिहरु क्रमशः हराउँदै छन् । उन्नत र आधुनिक कृषि प्रणालीका नाममा अन्नबालीका समेत रैथाने बिउविजन विस्थापित गरिएको छ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, कुसुङ्खा बुइपाका युवाहरुले भने गाउँमा गरिने हरेक कार्यमा कोक–फेन्टा, बियर, व्हिस्कीलगायत बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ पूर्णरुपमा बन्द गर्ने निर्णय गरेका छन् ।

स्थानीय गोविन्द राईले विवाह, छेवर, गुन्युचोली, पास्नी, मृत्यु–मरणलगायत शुभ-अशुभ कुनै पनि कार्यमा बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेकाे सिलप्याक रक्सी, बियर, कोक–फेन्टालगायत पेय पदार्थ पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जनाए ।

स्थानीय ‘सूर्योदय सांस्कृतिक परिवार’ नाममा आबद्ध युवाहरुको पहलमा सोमबार यस्तो निर्णय गरिएको हो ।

विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन बन्देज गरी स्थानीय तथा घरेलु उत्पादनलाई प्राथमिकता दिइने बताइएकाे छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफन्त साथै छोरीचेलीलाई पनि माथि उल्लेखित पेय पदार्थहरु कोसेलीको रुपमा नल्याइदिन सूर्योदय परिवार हार्दिक अनुरोध गर्दछौँ ।’

स्थानीयकाे भेला । तस्बिर गोविन्द राई

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्