स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो

इटहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारे नजिकै बिहीबार अपरान्ह भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो ।

मृतक पुरुष रहेको तर निजको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बस चालकले लापरबाहीपूर्वक बस चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीय भिडले बसमा आगजनी गरेका छन् ।

बसमा लगाइएको आगो उर्लाबारी नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिए पनि बस जलेर नष्ट भएको छ । गाेरखापत्र अनलाइनबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्