४३ दिनमै सम्पन्न भयो खानेपानी योजना

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन ।

म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ ।

यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ ।

ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो ।

धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए ।

‘सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ’, उनले भने, ‘सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।’

कुल ५० लाख रूपैयाँ लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच विसं २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो ।

४४ लाख ७८ हजार एक सय १२ रूपैयाँमा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको बताए ।

साउना खोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img