मेजर योगेश कोयी राईको सहयोगमा क्यालेण्डर प्रकाशन

जनता समाजवादी पार्टी नेपाल, केपिलासगढी गाउँपालिकाले २०७८ सालको क्यालेण्डर (पात्रो) प्रकाशन गरेको छ । बेलायती सेनाका मेजर योगेश कोयी राईको प्रायोजनमा क्यालेण्डर प्रकाशन गरिएको हो ।

खोटाङस्थित केपीलासगढी गाउँपालिका–७ सुङ्देल निभारे घर भई हाल बेलायतमा बसोबास गरिरहेका राईको एक लाख रुपैयाँको आर्थिक सहयोगमा २ हजार प्रति क्यालेण्डर निर्माण गरी प्रकाशन गरिएको हो ।

हाल बेलायतबाट नेपाल आएको बेला राईले उक्त सहयोग गरेका हुन् ।

उनले प्रकाशित भएको क्यालेण्डर काठमाडौंमा जसपा केपीलासगढी गाउँपालिकाका गुरुराज राईलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष राईकाअनुसार उक्त क्यालेण्डर गाउँपालिकामा वितरण गरिनेछ । क्यालेण्डर हस्तान्तरण कार्यक्रममा भूपू बेलायती सेना तथा खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई समेत सहभागी थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्