खोटाङको केपीलासगढी गाउँपालिकाद्वारा फूलपातीको अवसरमा पुजा

धर्मनिरपेक्ष मुलुकमा राज्यले धर्म मान्दैन, तर जनताले आ–आफ्नाे आस्था बमोजिम धर्म मान्दछन् ।

तर, नेपाल धर्मनिरपेक्ष राज्य भएको दुई दशक पुग्न लाग्दा पनि राज्यले हिन्दु धर्म मानिरहेको छ ।

उत्पीडित समुदाय र अग्रगामी दृष्टिकोण राख्ने मानिसहरु यस किसिमको हर्कतको विरोध गरिरहेकै छन् अहिले पनि ।

हिन्दु धर्म संस्कृति मनाउने राज्यका निकायहरुमा नेपाली सेनादेखि प्रहरी संगठन, विभिन्न सरकारी कार्यालयहरु, प्रदेश र स्थानीय तहहरु, सरकारी विद्यालयहरु सबै सबै नै छन् ।

समाचार टिप्पणी

खोटाङकाे केपीलासगढी गाउँपालिकाले पनि हिन्दु धर्मको बढावा गर्ने गरी आज (शनिबार) हिन्दुहरुको बडादसैँको फूलपाती मनाएको छ । र, फूलपातीकै अवसर पारेर दुर्गामाताको तस्बिर राखेर झन्डाको पुजा गरेको छ ।

गाउँपालिका अध्यक्ष समिर राईले हिन्दु अनुष्ठान अनुसार झन्डा पुजा गरेका हुन् ।

फूलपातीको अवसरमा झन्डाको पुजा गरिएको जानकारी गाउँपालिकाको फेसबुक पेजबाट गराइएको छ । जसमा कालो बोकाको मार हानिएको भिडियो समेत पोस्ट गरिएको छ ।

हालसम्म पनि सरकारी कार्यालयहरुले राज्यकाेषबाट खर्च गरी दसैँ मात्र मनाउँदैनन्, भब्य रुपमा हिन्दु नारीहरुको तिज कार्यक्रमको आयोजना गरिदिने, बाहुन पुरोहित बोलाएर महायज्ञ गर्ने आदि काम गरिरहेकै छन् ।

नेपाल जस्तो बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक मुलुकमा राज्यले केवल एउटा धर्म र संस्कृतिलाई प्रोत्साहन गर्ने गरी क्रियाकलापहरु गरिरहेकै छन्, जुन न्याय र समानताको दृष्टिकोणमा सही ठानिदैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्