काठमाडाैँ । पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

महानगरपालिकाको आर्थिक ऐन २०८० का प्रावधानका विषयमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) ले आवासीय वा व्यावसायिक भवनहरूले सेवा लिन आएका सेवाग्राहीसँग सवारीसाधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख शाहका अनुसार व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ ।

पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले कारबाही गर्ने जनाएको छ ।

Please enter your comment!
Please enter your name here