जातीय अपमान र प्रहरी दमनविरुद्ध बानेश्वरमा प्रदर्शन

तामाङ–मगर समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर टेकु काठमाडौं अगाडि धर्ना दिने क्रममा प्रहरीबाट चरम दमन गरिएको विरोधमा आज काठमाडौंको नयाँ बानेश्वरसहित देशभर प्रदर्शन गरिएको छ ।

नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आयोजनामा नयाँ बानेश्वरमा बृहत प्रदर्शन गरियो भने विभिन्न जिल्लामा समेत प्रहरी दमनविरुद्ध प्रदर्शन गरियो ।

बानेश्वरमा तामाङ मगरलगायत आदिवासी समुदायका अगुवाहरुको नेतृत्वमा र्यालीसहितको प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले ‘सांस्कृतिक अधिकारको सम्मान गर’, ‘यातनाकारी एसएसपी दानबहादुर कार्कीसहितका प्रहरीलाई कारबाही गर’, ‘विभेदकारी कानुन खारेज गर’, ‘जातीय हिंसा बन्द गर’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नारासहितको र्याली निकालिएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img