सामाजिक सञ्जालमा क्रियाशील खस अभियान्ता चन्द्रप्रकाश बानियाँले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले बुधबार खुकुरी प्रहार गरेको घटनालाई ‘हिन्दु राष्ट्रको नारा लाउने ब्राम्हणले अर्को कट्टर हिन्दुको गर्दनमा खुकुरी प्रहार गरेको’ भन्ने टिप्पणी गरेका छन् ।

सापकोटाले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा हिन्दु राष्ट्र जिन्दावाद भन्दै नेता यादवलाई पछाडिबाट खुकुरीले हानेका थिए ।

यादव रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिर निस्कदै गर्दा उनीमाथि आक्रमण भएको थियो । हाल आईसियुमा राखेर उनको उपचार भइरहेको छ ।

बानियाँले फेसबुकमा अचम्म भएको भन्दै एक हिन्दुवादीले अर्को कट्टर हिन्दुमाथि सांघातिक आक्रमण गरेको लेखेका छन् ।

सो क्रममा उनले यावदहरु हिन्दु नै भएकोले कुन अर्थमा एक हिन्दुले अर्को हिन्दुमाथि खुकुरी हाने भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here