प्रेमा शेर्पाकाे गीत ‘तेही देउरालीमा’ सार्वजनिक

गायिका प्रेमा शेर्पा चटौतको आवाजमा ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ ।

काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो । गायिका शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एवम् संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफु संगीत र यससँग सम्बन्धित क्ष्रेत्रको बिकासको निम्ती आफु लागी परेको बताए ।

सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रति आभार प्रकट गरिन् ।

डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्