क्याप्टेन विजय लामाले गैरआवासीय नेपाली संघ (एनआरएनए)बारे पूर्वमन्त्री रामकुमारी झाँक्रीले गरेको कुरा सही भएको बताएका छन् ।
नेपाल एयरलाइन्सका पाइलट र नेपाली चलचित्रका कलाकार समेत रहेका लामाले हरेक अधिवेशनमा नेपालमा आएर लफडा मच्चाउने र जे मन लाग्यो त्यही बोल्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
एनआरएनएहरुलाई उनले भने, ‘तागत छ भने जानुस् आफ्नै देशमा गएर फुर्ती लडाउन । त्यहाँ गएर मुसा जस्तो हुने अनि नेपाल आएर गुन्डागर्दी गर्न खोज्ने ?’
उनले आफ्नाे परिवारका धेरै सदस्यहरु एनआरएनए रहेको तर उनीहरु कहिल्यै अहंकारले भरिएको सोच लिएर चर्को आवाजमा कसैलाई हेप्ने ढंगले प्रस्तुन नहुने गरेको बताए ।
उनले आफूहरु नेपालमा स्वतन्त्रपूर्वक बसिरहेको उल्लेख गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘हामी नेपालमा बसेर गल्ती गरेका छैनौँ, कसैको गुलामी पनि गरेर बसेका छैनौँ । त्यसैले कसैको डोमिनेटिङ एटिट्युडलाई सहेर बस्नेमा पर्दैनौँ ।’
उनले केही व्यक्तिले सम्पूर्ण एनआरएनएलाई अध्यारोमा धकेलिरहेकोले एनआरएनएका असल सदस्यहरुले गैरजिम्मेवार अभिव्यक्ति दिनेहरुलाई ठिक पार्न ढिलो गर्न नहुने बताएका छन् ।
उनले नेपाल र नेपालीको माया र साथ चाहिन्छ भने नेपालीहरुको भावनामा चोट पुर्याउने काम नगर्न अनुरोध समेत गरेका छन् ।