एमसीसीमा प्रधानमन्त्री देउवा भन्दा फरक बाेल्दिनँः मन्त्री झाँक्री

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीबारे आफू प्रधानमन्त्री शेरबहादुर देउवाकाे भनाइ भन्दा बाहिर नजाने बताएकी छन् ।

आफू देउवा नेतृत्वकाे मन्त्रिपरिषद्काे सदस्य भएकीले एमसीसीबारे प्रधानमन्त्रीकाे धारणा भन्दा बाहिर जान नमिल्ने झाँक्रीले बताएकी हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुसँगकाे कुराकानीमा उनले भनिन्, ‘प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन ।’

साे क्रममा उनले एमसीसी नेपालकाे आन्तरिक राजनीतिलाई किचलो बनाउनका लागि ल्याइएकाे समेत बताइन् ।

उनले भनिन्, ‘एमसिसी नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’

प्रधानमन्त्री देउवा जुनसुकै हालतमा पनि संसदबाट एमसीसी पास गरेर लागू गर्ने पक्षमा रहेका छन् । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने यथास्थितिमा स्वीकार गर्न नसकिने बताइसकेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्