दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे बेरुजु १८ करोड ३४ लाख

खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बेरुजु रकम १८ करोड ३४ लाख ५ हजार पुगेको छ ।

यो बेरुजु आर्थिक वर्ष २०७८/७९ सम्मको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन–२०७९ अनुसार एक आर्थिक वर्ष ( आ.व. २०७८/७९) मै यस पालिकाको बेरुजु ५ करोड ६० लाख ७७ हजारले बढेको हो ।

त्यसअघिको कूल बेरुजु १२ करोड ७९ लाख ६५ हजार थियो ।

बेरुजु बढ्नुको अर्थ आर्थिक अनियमितता र भ्रष्टाचार बढेको भन्ने लाग्छ ।

स्थानीय सरकार गठन भएपछि तथा स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि क्रमशः बेरुजु बढेको देखिएको छ ।

पालिकाहरुले बेरुजु रकम घटाउदै लानुपर्नेमा उल्टो बढ्दै गइरहेको छ । बेरुजु बढ्नुमा मूलतः ऐन–कानुन विपरीत गरिने कार्यहरु नै जिम्मेवार हुन् ।

प्रतिवेदनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सार्वजनिक सम्पत्तिको अभिलेख नराखेको,
सवारी लगबुक नराखी जथाभावी सवारी इन्धनमा खर्च गरेको,
एक आ.व.मै अनुगमन तथा भ्रमण भत्ता बापत २५ लाख भन्दा बढी खर्च गरेको,
भ्रमण अभिलेख र प्रतिवेदनबिना भ्रमण भत्ता भुक्तानी गरेको,
पालिकाको आन्तरिक आयको परिधिभित्र रहेर विविधतर्फ खर्च गर्नुपर्नेमा अतिथि सत्कारमै ५ लाखसहित विविधमा २८ लाख भन्दा बढी खर्च गरेको,
मन्त्रालयको स्वीकृति नलिई कर्मचारीलाई करिब ५० लाख प्रोत्साहन भत्ता बाँडेको लगायत उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्