सबैकाे साथ लिएरै सुम्निमा-पारुहाङकाे प्रतिमा बनाउने मेयर साम्पाङको नीति

जातीय संस्थाहरुले जनाए ऐक्यबद्धता

धरान उपमहानगरका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले स्थानीय समुदायको साथ-सहयोगबाटै धरान–२० स्थित चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माण गर्ने नीति लिएका छन् ।

सुम्निमा-पारुहाङ आदिवासी किरातहरुको आदिम पुर्खा हुन् ।

चिन्डेडाँडामा सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्न वडाअध्यक्षहरुसहितको अध्ययन समिति गठन गरेका प्रमुख साम्पाङले हाल विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

बुधबार उपमहानगरमा आयोजित छलफलमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले चिन्डेडाँडामा सुम्निमा-पारुहाङको प्रतिमा बनाउने निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

छलफलमा नेपाल आदिवासी जनजाति महासंघ, चार किरातजन्य संस्था (किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र किरात याक्खा छुम्मा), नेपाल माझी उत्थान संघ, भुजेल सेवा समाज, नेवा देय दबु, दलित सेवा संघ, तमु ह्युल छो ज धि, ब्राह्मण समाज नेपाल, खस समाज प्रतिष्ठान, नेपाल शेर्पा संघ र मारवाडी सेवा समितिका प्रतिनिधिहरु थिए ।

उनीहरुले अन्य समुदायको संस्कृति झल्किने संरचनाहरु पनि निर्माण गर्न सुझाव दिएका थिए ।

मेयर साम्पाङले यसअघि सामाजिक सञ्जालबाट किराती र गैरकिरातीहरुलाई सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्ने अभियानमा सहयोग गर्न अपिल गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्