चतरा नहरमा स्टोन स्किपिङ प्रतियोगिता हुँदै

सुनसरीकाे बराहक्षेत्रस्थित चतरा नहरमा स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता आयोजना गरिने भएको छ ।

महिला र पुरुष समूहमा गरिने प्रतियोगिता यही कात्तिक २८ गते भाइटिकाको अघिल्लो दिन आयोजना गरिने छ ।

शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले प्रतियोगिताबारे जानकारी गराएको हो  ।

प्रतियोगिताका विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।

युवा सशक्तिकरण, मेलमिलाप र आपसी सद्भाव भन्ने नाराका साथ  बराहक्षेत्र वडा नम्बर १ स्थित चतरा नहरमा पहिलो पटक स्टोन स्किपिङ आयोजना गरिने आयोजक संस्थाका संस्थापक भीषण राईले बताए ।

प्रतियोगिता गोबर्धन पुजाको दिन बिहान ११ बजेबाट सुरु गरिने छ । खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्