कियाचु-फाल्गुनन्द समाज सुधार पुरस्कार प्राध्यापक लिम्बुनीलाई प्रदान

महागुरु फाल्गुनन्दकाे १३९औं जन्मजयन्ती समाराेह

कियाचु-फाल्गुनन्द समाज सुधार पुरस्कार २०८० समाजसेवी तथा प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई प्रदान गरिएकाे छ ।

किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्तीकाे अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित समाराेहमा प्राध्यापक लिम्बुनीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनमार्फत पुरस्कार प्रदान गरिएकाे ।

पुरस्कारको राशि २० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

बर्मामा सन् १९४४ सेप्टेम्बरमा जन्मिएकी लिम्बुनी अखिल म्यामा देशीय किरात (गोर्खा) साहित्यिक एवम् सांस्कृतिक संघ, म्यामा र किरात (गोर्खा) साहित्यिक एवम् सांस्कृतिक संघ, थाइल्याण्डको संस्थापक तथा संरक्षक हुन् ।

दोस्रो विश्वयुद्धमा होमिएका बाजे पुस्ता बर्मामै अल्झिएपछि भारती ओख्राबो लिम्बुनी पुस्ता पुर्खाको थलो खोज्ने क्रममा एक दशकअघि नेपालसँग जोडिएकी हुन् ।

उनी थाइल्याण्डको एसम्पसन युनिभर्सिटबाट अवकासप्राप्त प्राध्यापक हुन् ।

‘मेरो पितृ देशमा जति मान-सम्मान पाएँ, इज्जत पाएँ, पुरस्कार पाएँ,’ सम्मान ग्रहणपछि प्राध्यापक लिम्बुनीले भनिन्, ‘त्यो चाहिँ म जन्मेकै बर्मामा, मेरो कर्मभूमि थाइल्याण्डमा तीस वर्षमा आधा पनि पाएको छैन । त्यहाँकाे सरकारले सुने पनि केही फरक पर्दैन, यो सत्य कुरा हो । मेरो पितृभूमिमा यसअघि पनि सम्मान पाएको थिएँ । आज महागुरु फाल्गुनन्दका सम्मानमा पनि सम्मान पाएँ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्