तस्बिरः धनबहादुर फागाेकाे फेसबुकबाट।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा उनकाे महत्त्वपूर्ण योगदान रहेको छ।

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य धर्म मुचुल्का भनिन्छ।

यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।

फाल्गुनन्दको विसं २००५ मा निधन भएको हाे।

किरात समाज सुधारमा उनले पुर्‍याएकाे योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

उनको योगदानको कदर गर्दै किराती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here