सांसद एकनाथ ढकालको नेतृत्वमा धार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेकाे छ ।
बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै अन्तरधार्मिक आयोग गठन गर्न मन्त्री किरातीसँग माग गरे ।
छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले शान्ति, सद्भाव र भातृत्वको अभिबृद्धि गर्नुपर्ने बताउदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि भएको बताए ।
मन्त्री किरातीले आफू देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउँदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसँग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउँदै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नाे कुरा राख्न सुझाब दिए ।
मन्त्री किरातीले बिबिधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्यपहाडी क्षेत्रमा बहुसांकृतिक महारेखाको अवधारणा अघि सार्ने भन्दै निकट भविष्यमा मन्त्रालयले सांकृतिक सम्लेलन गर्ने जानकारी दिए ।
छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाय, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशवप्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहाङ, बहाई गुरु डा नरेन्द्र पाण्डे, डा पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती लगाएत विभिन्न आठ धार्मिक समुदायका अगुवाहरुको सहभागिता थियाे ।