टेम्पोमा छुटेको आइफोन चालकले फिर्ता गरे

टेम्पोमा छुटेको एप्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स टेम्पोचालकले सम्बन्धित यात्रुलाई फर्काएका छन् ।

बुधबार धरान १३ स्थित जिरोपोइन्टबाट भानुचोक जाने क्रममा धरान १० निवासी सञ्चिता याक्खाको मोबाइल फिर्ता गरिएको हो ।

को १ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर सचिव विकेश श्रेष्ठले करिब २ लाख रुपैयाँ बराबरको उक्त मोबाइल फिर्ता गरेका हुन् ।

संगठनले धरानको भानुचोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नविकरणका लागि शिविर स्थलमा मोवाइल धनी याखालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहबरमा हस्तान्तरण गरिएको हो ।

चालक श्रेष्ठले मोबाइल टेम्पोको सिटमा छुटेको थाहा पाएपछि सम्बन्धित व्यक्तिलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरिएको बताए ।

मोबाइल ग्रहण गर्दै इमान्दार चालक भेटेकामा आफूलाई खुशी लागेको याक्खाले बताइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्