१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ ।

अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगले नियन्त्रणमा लिएको हाे  ।

अध्यक्ष वादेबाट आयोगकाे टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपैयाँसहित कार पनि नियन्त्रणमा लिएको छ ।

वादेलाई भक्तपुरस्थित मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राति घुस लिने क्रममा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएकाे आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img