गाउँ आएको बाटोसँगै संकटमा मौलिक किराती आर्किटेक्टका पुराना घरहरु

गाउँ-गाउँमा सडक पुग्दा त्यसले मौलिक किराती आर्किटेक्टका पुराना घरहरु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिचानकाे आन्दोलनले जनतामा चेतनाकाे विकास गरे पनि गाउँमा अचेल माैलिक किराती शैलीकाे घरहरु बनाउन छोडिएको छ ।

गाउँमा अहिले ढुंगा, माटो र काठको सट्टा रड, सिमेन्ट, बालुवा, इटालगायत भवन निर्माणका आधुनिक सामग्रीहरु प्रयाेग गरी सहरका जस्तै आधुनिक शैलीका भवनहरु बनाउन थालिएकाे छ ।

त्यसले मौलिक किराती शैली, सभ्यता र परम्परा झल्किने पुराना घरहरुलाई विस्थापित गर्दै लगेकाे छ ।

तस्बीरहरुः पर्यटन व्यवसायी रमेश राईकाे फेसबुकबाट ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्