मिर्गौलापीडित पत्रकार प्रेम स्याङतनको निधन

मिर्गौला रोगसँग लडिरहेका पत्रकार प्रेम स्याङतनको गए राति ४२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका उनको आर्थिक अवस्था भने कमजोर थियो । जसका कारण उनी पछिल्लो समय नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयस्थित पत्रकार आवास गृहमा परिवारसहित बसेर डाइलासिस गराइरहेका थिए ।

उनलाई मुटु र मधुमेहको पनि समस्या थियो ।

काभ्रेको रोशी गाउँपालिका घर भएका उनको श्रीमती र दुई नाबालिका छोरीहरु छन् ।

उनी राजधानी दैनिकमा काम गर्दथे ।

पछिल्लो कालमा कतिपयले उनलाई आर्थिक सहयोग गरेका थिए । उनले आफूलाई सहयोग गर्न अनुरोध समेत गरेका थिए ।

स्याङतनकाे निधनपछि पत्रकार महासंघका महासचिव राेसन पुरीले बुधबार एक शाेक विज्ञप्ति जारी गरी नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएकाे उल्लेख गर्दै शाेकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्