नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै महासंघमा तालाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै भए पनि महासंघ गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न तयार नभएकोले महासंघविरुद्ध आन्दोलन गर्नुपरेको फोनिजले जनाएको छ ।

फोनिजले फागुन १४ गते आन्दोलनबारे भर्चुअल संवाद गर्ने, फागुन १५ गते सात दिने अल्टिमेटमसहित महासंघका सबै समितिलाई स्मरणपत्र बुझाउने, फागुन १६ गते पत्रकारजन्य संस्थाहरुसँग छलफल गर्ने, फागुन १७ गते सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर भन्ने मागसहितको मेसेज महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई मोबाइलमा पठाउने, फागुन १९ गते महासंघका अध्यक्ष लगायत पदाधिकारीलाई पठाएको स्कृनसटसहित सत्यनारायण बहादुर श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने र माग पुरा नभए फागुन २१ गते महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसलाई फोनिजले निर्णायक आन्दोलन भनेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here