कर्मचारी र जनप्रतिनिधिका छाेराछाेरीलाई सरकारी विद्यालयमै पढाउन निर्देशन

गुल्मीस्थित मुसिकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ ।

नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक तथा सरकारी विद्यालयमा अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए ।

मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्