किरात खालिङ राई उत्थान संघमा बलबहादुर राई

किरात खालिङ राई उत्थान संघको आठौँ राष्ट्रिय अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ ।

अधिवेशनले बलबहादुर खालिङ राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा जयकुमार खालिङ, उपाध्यक्षमा आशपूर्ण खालिङ, आशबरी खालिङ, महासचिवमा मानवीर खालिङ, सचिवमा निरकुमार खालिङ, सहसचिवमा वसन्त खालिङ र कोषाध्यक्षमा सलिना खालिङ निर्वाचित भएका छन् ।

रोजिना खालिङ, नविन खालिङ, अर्जुन खालिङ, बलबहादुर खालिङ, मिना खालिङ, महेश खालिङ, पर्वत खालिङ, भुषण खालिङ, शिवराज खालिङ, पूर्ण खालिङ र विष्णु खालिङ सदस्य छन् ।

सिता खालिङ राईकाे अध्यक्षता तथा संघीय सांसद मानवीर खालिङ राईको प्रमुख आतिथ्यतामा अधिवेशनकाे उद्घाटन गरिएको थियो ।

काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा खालिङ समुदायका ख्यातिप्राप्त व्यक्तित्वहरु र ख्याःल तमर म्योल्कम (खालिङ सांस्कृतिक भवन) निर्माणका लागि जग्गा खरिदमा सहयोग गर्नेहरुलाई सम्मान गर्नुका साथै ख्याःल तम्र (खालिङ मुन्दुम) र संघकाे मुखपत्र सुन्म्यसङ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खाबाट उपाध्यक्ष जनक राई सहभागी भएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्