ध्वनी प्रदुषण रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठुलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थालेपछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

प्रदेश सुरक्षा समन्वय समितिको मंगलबार जनकपुरधाममा बसेको बैठकले ध्वनी प्रदुशनले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ ।

प्रदेश सुरक्षा समन्वय  समितिका अध्यक्ष एवम् गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुशन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिए ।

बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुशनका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइइका विद्यार्थीहरुलाई पठनपाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्