ओखलढुंगामा साकेला सिली प्रशिक्षण

आफू राई समुदायको सदस्य भएर पनि साकेला नाच्न नजान्दा हिनताबोध हुन सक्छ कसैलाई । सानो उमेरमै सिक्नुपर्ने साकेला नृत्य बुढौली उमेरमा पनि नजान्ने अवस्थामा त्यस्तो हुन सक्छ ।

तर, साकेला नाच्न नजान्ने र सिक्न चाहनेहरुका लागि जुनसुकै उमेर समूहका लागि पनि किरात राईजन्य संस्थाहरुले प्रशिक्षण चलाउने गर्छन् अचेल ।

ओखलढुंगामा पनि अहिले सोही प्रशिक्षण चलाइएको छ ।

किरात राई यायोक्खा ओखलढुंगा जिल्ला समितिको आयोजनामा पाँच दिने साकेला सिली प्रशिक्षण सुरु गरिएको हो ।

यायोक्खा ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईका अनुसार सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण चलाइएको छ ।

प्रशिक्षण विहान ७ देखि ८ बजेसम्म एकचरण, १० बजेदेखि दोस्रो चरण, र २ बजेदेखि ६ बजेसम्म तेस्रो चरणमा चलाइएको छ ।

सिक्न चाहने राई समुदायका कर्मचारी लगायतका लागि सहज होस् भन्ने उदेश्यले अलग अलग समय निर्धारण गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्