पछिल्लाे २४ घण्टामा १ हजार २२७ जनामा काेराेना संक्रमण

नेपालमा कोरोना भाइरसका एक हजार २२७ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबिस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ ।

यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबिस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार नाैसय पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्