शुक्रबार थप १ हजार ३९१ जनामा काेराेना पुष्टि, ३४ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्